खेल


जनकपुरसँग अंक खोस्न चाहन्छ धवनको कर्णाली (प्रिभ्यु)

जनकपुरसँग अंक खोस्न चाहन्छ धवनको कर्णाली (प्रिभ्यु)

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १२:१०, काठमाडौँ

जनकपुर बोल्ट्सविरुद्ध खेल्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को सुरुवात गर्दै छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सोमबारको दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। 

कर्णालीले एनपीएलमा पहिलो खेल खेल्दा जनकपुरले भने दोस्रो खेल खेल्न लागेको हो। 

पहिलो खेल खेल्न लागेको कर्णाली एनपीएलमा सुखद सुरुवात गर्ने योजनामा छ। जनकपुर भने लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ। 

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले भारतीय क्रिकेटर शिखर धवनलाई टोलीमा अनुबन्ध गरेपछि चर्चामा छ। 

कर्णाली नेपाली राष्ट्रिय ए टोलीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहेको छ। जनकपुर भने राष्ट्रिय टोलीकै पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा छ। कर्णालीका प्रशिक्षक मल्लले जनकपुरका प्रशिक्षक दासानायकेको प्रशिक्षणमा खेलिरसकेका छन्। त्यसैले पनि आजको खेल केही रोमाञ्चक हुने आशा गरिएको छ। 

कर्णालीमा सोमपालसँगै राष्ट्रिय टोलीका युवा अलराउन्डर गुल्सन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन्। 

एनपीएलका लागि कर्णालीले पाँच विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ। चार जना विदेशी खेलाडीलाई मैदान उतार्न पाइने एनपीएलमा ६ जनासम्म विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाइने क्यानले बताएको छ। 

धवनसँगै कर्णालीमा हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद अनुबन्ध भएका छन्। 

यता एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा हुनेछ। 

विराटनगरविरुद्ध लाहिरु मिलान्थाको उत्कृष्ट प्रर्दशनमा जनकपुरले शानदार जित दर्ता गरेको थियो। 

मिलान्था र हर्ष ठाकरले १ सय १६ रनमा अविजित साझेदारी गरेपछि जनकपृुरले एनपीएलको इतिहासमा पहिलो जित दर्ता गर्ने टोली बनेको थियो। एनपीएलको पहिलो विकेट जनकपुरका ललित राजवंशीले लिएका थिए।

जनकपुरका मार्की खेलाडी आसिफ शेख, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो, शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाठी टोलीमा छन्। 

कुन टोलीमा को?

कर्णाली याक्स : सोमपाल कामी, गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी, दीपक डुम्रे, विपिनप्रसाद शर्मा, शिखर धवन, चादविक वाल्टन, बाबर हायात, हुसेन तलात, जिसन मक्सुद

जनकपुर बोल्टस : अनिलकुमार शाह, आसिफ शेख, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो, शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाठी, हर्ष ठाकर, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र बेन माइक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad