नेपाल प्रिमियर लिग खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्।
धवन नेपाल आइपुगेको कर्णाली याक्सले जनाएको छ।
उनलाई स्वागत गर्न कर्णाली याक्सका पदाधिकारीहरु त्रिभुवन विमानस्थल पुगेका थिए।
शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन्। उनले एक खेलको ३० हजार डलर पाउनेछन्। शिखर एनपीएलमा अनुबन्ध हुने सबैभन्दा ठूलो नाम हो।
३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन्।
कर्णाली याक्सको टोलीमा सोमपाल कामी, गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम रहेका छन्।
उनीहरुबाहेक मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी, दीपक डुम्रे, विपिनप्रसाद शर्मा, शिखर धवन, चादविक वाल्टन, बाबर हायात, हुसेन तलात, जिसन मक्सुद रहेका छन्।
कर्णालीको पहिलो खेल आगामी सोमबार जनकपुर बोल्टसँग छ।
Shares

प्रतिक्रिया