खेल


चितवनको खेल हुँदा समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था

चितवनको खेल हुँदा समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १४:२४, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ आउन र काठमाडौँबाट फर्किन बसको व्यवस्था गर्ने भएको छ। चितवनको खेल भएको दिन चितवन मेडिकल कलेजबाट त्रिवि मैदानसम्म आउने र त्रिवि मैदानबाट चितवन मेडिकल कलेजसम्म फर्किने बसको व्यवस्था गर्ने भएको हो। 

खेल हुने दिन बिहान चितवनबाट ५ वटा बसको व्यवस्था गरिएको चितवनले जनाएको छ। निःशुल्क बस सेवाका लागि उक्त दिनको टिकट खरिद गरेको हुनु पर्नेछ। बसमा आउँदा जाँदा खाजाको व्यवस्था पनि टिमले नै गर्ने भएको छ। 

चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते काठमाडौँ गोर्खाजसँग खेल्नेछ। बिहान ९ः१५ बजे हुने खेलका लागि चितवनबाट बिहान ३ बजे बस प्रस्थान गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad