फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।
बुधवार प्रधानमन्त्रीको निवास बालुवाटारमा नवनिर्वाचित फोटो पत्रकार समूह नेपालका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन्।
उनीहरुले फोटो पत्रकारहरूका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
फोटो पत्रकारितालाई थप व्यवस्थित बनाउँदै लैजान सरकारले सहयोग गर्नुपर्ने माग उनीहरूको छ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको र सरकारले पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।
21
Shares

प्रतिक्रिया