खेल


इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीको लज्जाजनक हार

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीको लज्जाजनक हार

नेपालखबर
मंसिर ९, २०८१ आइतबार ५:४७, काठमाडौँ

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनहमसँग लज्जाजनक हार बेहोरेको छ । 

टोटनहमले म्यान्चेस्टर सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो। 

पहिलो हाफमै म्याडिसनले दुई गेल गरे। दोस्रो हाफमा पेड्रो पेरोले टोटनहमका लागि तेस्रो गोल थपे। त्यसपछि ब्रेनन जोन्सनले इन्ज्युरी समयमा चौथो गोल गरे।

सिटीको यो लगातार पाँचौँ हार हो। सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो। यो नतिजाका बाबजुद सिटी २३ अंकमा अझै दोस्रो स्थानमा छ। 

शनिबारै भएको अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१, आर्सनलले नटिङघम फरेस्टलाई ३-०, ब्राइटनले बर्नमाउथलाई २-१ र उल्भ्सले फुलहमलाई ४-१ गोल अन्तरले पराजित गरेको छ। 

त्यसैगरी एस्टन भिल्ला र क्रिस्टल प्यालेसले समान २-२ तथा एभरटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad