महिला एसियन च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेलमा जापानलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ।
भारतीय राज्य बिहारको राजगीरस्थित हक्की स्टेडियममा मंगलबार भएको सेमिफाइनल प्रतिस्पर्धामा जापानलाई भारतीय महिला हक्की टोलीले २-० गोलअन्तरले हराएको हो।
भारतका लागि नवनीत कौरले ४८औँ मिनेटमा र लालरेमसियामीले ५६औँ मिनेटमा एक-एक गोल गरेका हुन्।
अब फाइनलमा भारतीय महिला हक्की टोली चीनसँग भिड्नेछ।
च्याम्पियन्स ट्रफीमा भारतीय महिला हक्की टोलीको यो लगातार छैटौँ जित हो।
873
Shares

प्रतिक्रिया