खेल


विश्वकपमा प्रवेश गरेको महिला क्रिकेट टोलीका खेलाडीलाई जनही अढाई लाख दिने क्यानको घोषणा

विश्वकपमा प्रवेश गरेको महिला क्रिकेट टोलीका खेलाडीलाई जनही अढाई लाख दिने क्यानको घोषणा

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १९:५५, काठमाडौँ

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यू-१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ। 

टिममा समावेश अफिसियलहरूलाई भने जनही रु एक लाख ५० हजार पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। संयुक्त अरब इमिरेट्स (यूएई) को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली यूएईविरुद्ध आठ विकेटको जित हासिल गर्दै नेपालले पहिलो पटक यू-१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। 

नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो। त्यस्तै यूएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो। यू-१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदै छ। 

विश्वकपका साथै नेपाल यू-१९ एसिया कपका लागि पनि छनोट भएको छ। एसीसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू-१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो। यू-१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad