आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाएको नेपाली टोली स्वदेश फर्केको छ।
बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खेलाडीहरू फर्कंदा नेपाल क्रिकेट संघ क्यानलगायत खेलसम्बद्ध विभिन्न संघ, संस्था र खेलप्रेमीहरूले स्वागत गरे।
यस्तै उनीहरूको सम्मानमा नेपाल प्रहरीले ब्यान्ड प्रस्तुत गरेको थियो।
नेपालले घरेलु टोली युएईलाई पराजित गर्दै मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाएको हो।
बुधबार भएको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समूह विजेताको रुपमा विश्वकपमा पुगेको हो।




















213
Shares

प्रतिक्रिया