ad ad

खेल


कोरोनाका कारण रोकियो आईपीएल

कोरोनाका कारण रोकियो आईपीएल

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १०:५७,

कोरोना भाइरस (कोभिड- १९) को प्रकोपका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ।

यही मार्च २९ गतेबाट सुरु हुने भनिएको आईपील अप्रिल १५ सम्मका लागि स्थगित गरिएको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले कोरोना भाइरसका कारण खेल स्थगित गरेको बताएको छ।

बीसीसीआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बोर्डले आईपीएलको आगामी सत्र १५ अप्रिलसम्म स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णय कोरोना भाइरसको कारण फैलिएको स्थितिका कारण लिइएको हो।’  त्यस्तै यसपटक आईपीएलमा विदेशी खेलाडीलाई सहभागी नगराउने बताइएको छ।

यसअघि दर्शकविनै बन्द हलमा खेल सञ्चालन गर्ने चर्चा पनि चलेको थियो।

बीसीसीआईले सामाजिक स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो कदम चालेको बताएको छ। उनले कोरोनाबाट सुरक्षित रहन सबैमा आग्रह समेत गरेको छ।

भारतको केन्द्रीय खेल मन्त्रालयले देशका सबै खेलकुद संघहरूलाई प्रतियोगिताहरु रोक्न सल्लाह दिएको छ। महाराष्ट्र सरकारले दर्शकविना सञ्चालन गर्ने भए मात्र आयोजना गर्न दिने बताएको थियो। दिल्ली सरकारले पनि १०० भन्दा बढी मान्छे जम्मा हुने कुनै पनि कार्यक्रमका लागि अनुमति नदिने बताएको छ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिँदै गइरहेको छ। बिहीबार राति यसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु समेत भइसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले कोरोना भाइरसलाई महामारी घोषणा गरिसकेको छ। यसको असर खेल क्षेत्रमा परेको छ। कोरोनाका कारण धेरैजसो लिगहरु स्थगित भएका छन् भने सञ्चालनमा रहेकाहरु पनि दर्शकविनै चलिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .