खेल


इङ्लिस प्रिमियर लिग: चेल्सी र आर्सनले अंक बाँडे

इङ्लिस प्रिमियर लिग: चेल्सी र आर्सनले अंक बाँडे

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार ५:४२, काठमाडौँ

पेड्रो नेटोको गोलमा चेल्सी इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग हारबाट जोगिएको छ। 

आइतबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र आर्सनलले बराबरी १–१ गोल गर्दै अंक बाँडेका छन्। 

खेलको ७० औँ मिनेटमा इन्जो फर्नान्डेजको पासमा पेड्रोले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएका थिए। 

त्यसअघि खेलमो ६० औँ मिनेटमा ग्रावियल मार्टिनेलीको गोलमा आसर्नलले सुरुवाती अग्रता बनाएको थियो। 

बराबरीसँगै चेल्सी र आर्सनलले अंक बँडेका छन्। लिगमा समान ११ खेल खेलेका चेल्सी र आर्सनलको समान १९ अंक छ। 

समान ५ खेलमा जित, ४ खेलमा बराबरी र २ खेलमा हार भोगेका चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छ। समान अंक भएपनि चेल्सी गोलअन्तरमा अघि रहँदै चेल्सी तेस्रो स्थानमा रहेको हो। 

गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले लेष्टर सिटीलाई पराजित गरेको छ। आइतबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लेष्टर सिटीलाई ३–० को गोलअन्तरले पाखा लगाएको हो। 

युनाइटेडको जितमा बु्रनो फर्नान्डेज र एलेक्जान्ड्रो गार्नाचोले समान एक गोल गरे। एक गोल भने भिक्टर क्रिस्टियनसेनले उपहार स्वरुप दिए। 

पहिलो हाफको १७ औँ मिनेटमा फर्नान्डेजको गोलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ३८ औँ मिनेटमा क्रिस्टियनसेनले आत्मघाति गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर पारेको हो। 

खेलको ८२ औँ मिनेटमा एलेक्जान्ड्रोको गोलमा युनाइटेडले ३–० को सहज जित दर्ता गरेको हो। जितसँगै युनाइटेड १५ अंकमा तालिकाको १३ औँ स्थानमा छ। 

गएराति कै अर्को खेलमा न्यु क्यासल युनाइटेडले नटिङ्घम फरेष्टमाथि ३–१ को जित दर्ता गरेको छ। इप्सविच टाउनले भने टोटनहम हट्सपरलाई २–१ ले हराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad