खेल


विश्वकप लिग-२ क्रिकेटः नेपाल आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै

विश्वकप लिग-२ क्रिकेटः नेपाल आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८१ सोमबार ९:५३, काठमाडौँ

अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल आज (सोमबार) आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै छ। 

खेल डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति सवा १० बजे सुरु हुनेछ।

यसअघि पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। तर घरेलु टोली अमेरिकासँग नेपाल दुवै खेलमा पराजित भएको थियो। 

स्कटल्यान्डले भने अमेरिकासँगका दुवै खेल जितेको थियो। 

जारी शृंखलामा स्कटल्यान्ड र अमेरिकाले २/२ खेल जितेर समान ४ अंक बनाएका छन्। नेपालले भने ३ खेलबाट २ अंक मात्र जोड्न सकेको छ।

अब नेपाल आज अन्तिम खेल जित्दै अमेरिका भ्रमण सुखद् रूपमा अन्त्य गर्न चाहन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad