ग्लोबल


क्यानडामा हिन्दु मन्दिरमा हमला, हिन्दु धर्मावलम्बीलाई कुटपिट

क्यानडामा हिन्दु मन्दिरमा हमला, हिन्दु धर्मावलम्बीलाई कुटपिट

घटनास्थल


नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १०:१५, काठमाडौँ

क्यानडास्थित एक हिन्दु मन्दिरमा हमला तथा हिन्दु धर्मावलम्बीलाई कुटपिट भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार क्यानडाको टोरेन्टोस्थित ब्रहम्पटन क्षेत्रमा रहेको हिन्दु मन्दिरमा आइतबार राति हमला भएको हो।

केही मानिसले मन्दिर परिसरमा प्रवेश गरी हिन्दु धर्मावलम्बीलाई कुटपिट गरेका हुन्। यसको भिडिओसमेत सार्वजनिक भएको छ। 

उक्त आक्रमण भारतमा छुट्टै राष्ट्रको माग गरिरहेको खालिस्तानी समूहले गरेको हुन सक्ने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन्।

यसैबीच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिन्दु मन्दिरमा भएको आक्रमणको निन्दा गर्दै यस्तो अराजकता अन्त्य गर्ने वाचा गरेका छन्।

‘ब्रहम्पटनमा हिन्दु मन्दिरमा पूजा गर्नेहरूलाई लक्ष्य गरी भएको यो हिंसा पूर्ण रूपमा अस्वीकार्य छ’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सबै क्यानडालीले शान्तिपूर्वक आफ्नो धर्म अभ्यास गर्न पाउनुपर्छ। म यो अराजकता अन्त्य गर्नेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad