खेल


हङकङ सिक्सेस : यूएईसँग १ रनले हार्दै समूह चरणबाटै बाहिरियो भारत

हङकङ सिक्सेस : यूएईसँग १ रनले हार्दै समूह चरणबाटै बाहिरियो भारत

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार ८:५६, काठमाडौँ

हङकङ सिक्सेस क्रिकेटमा भारत समूह चरणबाटै बाहिरिएको छ।

शनिबार बिहान भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग १ रनले हार्दै भारत अंकविहीन बनेको हो।

यसअघि पहिलो खेलमा पनि भारत पाकिस्तानसँग पराजित भएको थियो।

समूह सीको अन्तिम खेलमा भारतलाई यूएईले १३१ रनको चुनौती दिएको थियो। अन्तिम बलमा ३ रन आवश्यक हुँदा भारतले १ रनमात्रै बनाउन सक्यो। 

भारतका लागि स्टुअर्ट बिन्नीले अन्तिम ओभरमा ३० रन जोडे पनि हार टार्न एक रनले चुके। उनले ११ बलमा ४४ रन बनाएर अन्तिम बलमा रनआउट भए। त्यसअघि बलिङतर्फ पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। पूरै २ ओभर बलिङ गरेका बिन्नीले ३१ रन मात्रै खर्चिएर ३ विकेट लिए। 

केदार जाधवको प्रदर्शन भारतका लागि खराब रह्यो। उनले ६ बलमा मात्रै एक चौका प्रहार गरेर ९ रन बनाए। अब युएईले क्वार्टर फाइनलमा बंगलादेशको सामना गर्नेछ।

क्वार्टरफाइनलका खेल पनि आजै हुनेछन्।

क्वार्टरफाइनलमा हङकङ र अस्ट्रेलिया, नेपाल र श्रीलंका तथा पाकिस्तान र दक्षिण अफ्रिका भिड्ने छन्।

हङकङमा जारी २०औँ संस्करणमा पहिलोपटक सहभागी नेपाल बलिया टोली इङ्‌ग्ल्यान्ड र अस्ट्रेयालाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad