खेल


हङकङ सिक्सेसमा नेपालको लगातार दोस्रो जित, अस्ट्रेलिया ११ रनले पराजित

हङकङ सिक्सेसमा नेपालको लगातार दोस्रो जित, अस्ट्रेलिया ११ रनले पराजित

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार ७:२३, काठमाडौँ

हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। 

शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो। 

कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध विजय प्राप्त गरेको हो।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा ५ विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो। 

अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन तथा एलेक्स रोसले १४ रन बनाए।

यस्तै नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए। २ ओभर बलिङ गरेका जिसीले मात्र २४ रन खर्चिए। यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो।

नेपालका कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे। उनले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए।

यसैगरी लोकेश बमले ३३ रन, विवेक यादव र रसिद खानले १२/१२ रन बनाए। अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए।

यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल 'बी'बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।

क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad