आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत अमेरिकामा जारी खेलमा नेपालले दुवै ओपनर गुमाएको छ।
६२ बलमा ५६ रन बनाएर ओपनर अनिल साह पनि आउट भएका हुन्। यसअघि आसिफ शेख आउट भएका थिए। दुवै ओपनरले क्रिजमा रहँदा अर्धशतक पूरा गरे।
अहिले क्रिजमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल छन्।
नेपालले २३ ओभर सकिँदा २ विकेट क्षतिमा ११८ रन बनाएर खेलिरहेको छ।
555
Shares

प्रतिक्रिया