आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत अमेरिकामा जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
कुशल भुर्तेल २५औँ ओभरको पहिलो बलमा आउट भएका हुन्। उनले २८ बलमा ११ रनको योगदान गरे। उनी केन्जिगेको बलमा स्काविकको हातबाट क्याचआउट भए।
यसअघि अनिल साह र आसिफ शेखको विकेट नेपालले गुमाएको थियो।
तेस्रो विकेट क्षतिमा नेपालले २५औँ ओभरमा १२४ रन बनाएको छ।
अहिले क्रिजमा आरिफ शेख र रोहित पौडेल खेलिरहेका छन्।
टस हारेर डालासस्थित मैदानमा ब्याटिङ गरिरहेको नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरेको थियो।
75
Shares

प्रतिक्रिया