साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा भुटानविरुद्ध बंगलादेशले ३–० को अग्रता बनाएको हो।
पहिलो हाफको सातौँ मिनेटमा रितु पुर्णा चक्माले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भयो।
१५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगलादेशले अग्रता दोब्बर पार्यो। डीबक्स एरिका नजिक उनले भुटानका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरिन्।
खेलको २३ औँ मिनेटमा भुटानकी नाम्गेद डेमाको प्रहार बंगालदेशकी गोलरक्षकले पन्च गर्दै जोगाइन्।
२६ औँ मिनेटमा सविना खातुनको गोलमा बंगालदेशले ३–० को अग्रता बनायो। डिबक्स भित्रबाट मोनिका चक्माको पासमा सविनाले बललाई पोस्टको जाली चुमाइन्।
342
Shares

प्रतिक्रिया