खेल


साफ : श्रीलंकाविरुद्ध नेपाल ६–० ले विजयी, सेमिफाइनलमा भारतसँग भिड्ने

साफ : श्रीलंकाविरुद्ध नेपाल ६–० ले विजयी, सेमिफाइनलमा भारतसँग भिड्ने

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
कात्तिक ८, २०८१ बिहिबार १९:२५, काठमाडौँ

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो। 

नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गरे। 

यससँगै अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन्। 

समूह चरणमा नेपाल र भारत तथा साविक विजेता बंगलादेश र भुटान खेल्ने भएका छन्। 

बंगलादेश र भुटान पहिलो सेमिफाइनलमा खेल्नेछन्। पहिलो सेमिफाइनल खेल दिउँसो साढे १ बजे हुनेछ। 

दोस्रो सेमिफाइनलमा नेपाल र भारत खेल्ने भएका हुन्। सो खेल आइतबार साँझ साढे ६ बजे हुनेछ। दुवै सेमिफाइनल खेल एकैदिन हुनेछ। 

अघिल्लो संस्करण पनि यी चार टोली नै सेमिफाइनलमा भिडेका थिए। 

आजको खेलको आठौँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो। १२ औँ मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो। 

लगत्तै १३ औँ मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलको गोलमा नेपालले ३–० को अग्रता बनाएको छ। १९ औँ मिनेटमा अमिसा कार्कीको प्रहार आकाशियो। 

३६ औँ मिनेटमा साम्बाको प्रहारलाई रेखा पौडेलले फ्लिक गरेपछि गोलमा परिणत भयो। टोलीलाई ४–० को अग्रता दिलाउने क्रममा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन्। 

४२ औँ मिनेटमा साम्बाको प्रहार क्रसबारको माथिबाट बाहिरियो। 

४७ औँ मिनेटमा सविता कार्कीको क्रसमा अमिसा कार्कीको हेडर गोल गर्दै नेपाललाई ५–० को अवस्थामा ल्याईन्। 

५४ औँ मिनेटमा रश्मी कुमारी घिसिङको प्रहर क्रसबार माथिबाट बाहिरियो। ५७ औँ मिनेटमा साम्बाको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। 

८३ औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा साम्बाको हेडर गोलरक्षकले पन्च गर्दै जोगाईन्। त्यसकै रिवाउण्डमा रेखाको गोल गरेपनि रेफ्रिले अफसाइड दिए। 

इन्ज्युरी समयमा अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ६–० को अग्रता बनायो। नेपालको जितले भुटान समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad