साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा साविक विजेता बंगालदेशले भारतविरुद्ध सुरुवाती अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार खेलको पहिलो हाफ जारी रहँदा बंगलादेशले भारतविरुद्ध १–० ले अग्रता बनाएको छ।
१८ औँ मिनेटमा अफिदा खन्डाकरको गोलमा बंगलादेशले सुरुवाती अग्रता बनाएको हो।
कप्तान सविना खातुनको कर्नरमा गोलरक्षकले पन्च गरेको बललाई अफिदाले सेकेण्डबार बाट गोल गरेकी थिईन्।
27
Shares

प्रतिक्रिया