समाज


कोटेश्वरबाट लगेर एक महिलालाई बन्धक बनाएको सूचनापछि प्रहरी परिचालन

कोटेश्वरबाट लगेर एक महिलालाई बन्धक बनाएको सूचनापछि प्रहरी परिचालन

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १८:५, काठमाडौँ

काठमाडौंको कोटेश्वरबाट लगेर एक महिलालाई बन्धक बनाएको भन्दै प्रहरीले खोजतलास गरिरहेको छ।

पीडित महिलाका आफन्तले आफ्नो मान्छेलाई अपहरण गरेर एउटा समूहले ललितपुरतिर लगेर बन्धक बनाएको प्रहरीलाई जानकारी गराएका छन्।

उक्त जानकारी आएपछि खोजतलास गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

‘महिलाका आफन्तले अपहरण गरेर फिरौती माग गरिरहेको भनेका छन्। तर हामी अनुसन्धान गरिरहेका छौं। त्यो विषय लेनदेनको हुनसक्छ। आफ्नो पैसा उठाउनका लागि बल प्रयोग गरेको र पैसा तिरेर जा भनेको पनि हुनसक्छ’, भट्टराईले नेपालखबरसँग भने।

प्रहरीले अपहरणमा परेकी भनिएकी महिलाको परिचय खुलाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad