अन्तरिम प्रशिक्षक नवीन न्यौपानेले ताजिकिस्तानविरुद्धको आगामी मैत्रीपूर्ण फुटबलका लागि ३६ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएका छन्।
एन्फाले अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएलगत्तै न्यौपानेले खेलाडीलाई क्लोजक्याम्पमा डाकेका हुन्।
बोलाइएकाहरुमा गोलरक्षकहरु किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख र कृशल मोक्तान छन्।
त्यसैगरी रक्षकहरु अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, बिमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, एन्जेल महर्जन, सबिन घिमिरे र अभिषेक वाइबालाई क्लोज क्याम्पमा बोलाइएको छ।
मिडफिल्डरहरुतर्फ लकेन लिम्बू, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, एरिक विष्ट, आशिष राई, अभिनाश स्याङतान, मनिस डाँगी, आयुष घलान र उज्वल राईलाई बोलाइएको छ।
ताजिकिस्तानसँगको खेलका लागि एन्फाले नियुक्त गर्यो राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षक
फरवार्डमा भने जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ र निराजन धामीलाई बोलाइएको एन्फाले जनाएको छ।
नेपाली टोलीले आगामी नोभेम्बरमा ताजिकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल्दै छ।
Shares

प्रतिक्रिया