अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ।
एन्फाका महासचिव किरण राईले न्यौपानेलाई सोमबार नियुक्तिको पत्र हस्तान्तरण गरेका हुन्।
त्यसैगरी एन्फाले चेतन घिमिरेलाई सहायक प्रशिक्षक र नवीन महर्जनलाई गोलकिपिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ।
उनीहरु दुवैलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्ति दिइएको एन्फाले जनाएको छ। दुवै जनाले नियुक्त पत्र लिएका छन्।
प्रशिक्षक टोलीले नोभेम्बरमा हुने ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्नेछन्।
189
Shares

प्रतिक्रिया