खेल


ईपीएल : ललितपुरद्वारा ओरियो र विभत्सु अनुबन्ध

ईपीएल : ललितपुरद्वारा ओरियो र विभत्सु अनुबन्ध

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १२:१०,

एभरेष्ट प्रिमियर लिग ईपीएलका लागि ललितपुर प्याट्रियट्सले ट्यालेन्ट हन्टबाट २ जना खेलाडी अनुबन्ध गरेको छ।

ललितपुरले गत शुक्रबार गरेको ट्यालेन्ट हन्टबाट स्पिनर ओरियो पौडेल र ब्याट्सम्यान विभस्तु थापालाई अनुबन्ध गरेको मगंलबार विज्ञप्तिमार्फत जनाएको हो।

ट्यालेन्ट हन्टबाट आदित्य सुवेदी, असिम श्रेष्ठ, जितेन्द्र कुमार यादव, सुरज तामाङ र दिनेश अधिकारी पनि क्याम्पका लागि छनोट भएका छन्।

ट्यालेन्ट हन्टका लागि २ सय ३१ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए।

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल चैत १ देखि १५ गतेसम्म हुने भनिए पनि कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad