अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो। ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका ताराहरु शिल्पा मास्के, अनुप विक्रम शाही, नाजिर हुसेन तथा सुपर मोडल सबिता कार्की र मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धी टिजर पोष्टहरु देखापर्न थालेका छन्।
ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६मा सार्वजनिक गरेको थियो। अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१५ मार्फत थप अगाडि लैजाने तयारी गरेको छ। फोनमा दिइएको स्लिक र फेशनेवल डिजाइनका कारण ओपो एफ१५ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ।
ओपो एफ१५ले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ। नयाँ उत्पादन सार्वजनिकका लागि ब्यापक प्रचार गर्न थालिएको देखिएतापनि हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन। तथापी, प्रचार प्रसार नियाल्दा यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ।

एफ सिरिज अन्तर्गत कम्पनीको पछिल्लो उत्पादन ओपो एफ११ प्रो नोट्चलेस डिस्प्ले र डुअल क्यामेरा सेटअप सहित सार्वजनिक गरिएको थियो भने एफ११मा भने वाटरड्रप डिस्प्ले उपलब्ध गरिएको थियो। ओपो एफ११ सिरिजका दुबै फोनहरुलाई हेलियो पी७० एसओसीद्वारा सञ्चारित थिए भने प्रो भर्जनमा ६ जीबी -याम र १ सय २८ जीबी आन्तरिक सञ्चय क्षमता र एफ ११मा भने ४ जीबी ¥याम १ सय २८ जीबी रोम रहेको छ। फोनहरुमा एण्ड्रोइड पाईका साथमा कलरओएस सिक्स दिइएको छ।
हाल सम्म कम्पनीले ओपो एफ१५का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन। तथापी, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु पनि नयाँ फोनमा समावेस गरिने आशा हामी सहजै गर्न सक्छौँ। कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ।

प्रतिक्रिया