खेल


पहिलो टी-२० खेलमा भारतले बंगलादेशलाई ७ विकेटले हरायो

पहिलो टी-२० खेलमा भारतले बंगलादेशलाई ७ विकेटले हरायो

नेपालखबर
असोज २०, २०८१ आइतबार २३:२, काठमाडौँ

ग्वालियरमा भएको पहिलो टी-२० खेलमा भारतले बंगलादेशलाई हराएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतले बंगलादेशलाई ७ विकेटले जितेको हो। 

खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले भारतीय क्रिकेट टिमलाई १२८ रनको लक्ष्य दिएको थियो।

जवाफमा भारतीय टोलीले ११.५ ओभरमा तीन विकेट गुमाएर १३२ रन बनायो।

भारतका लागि सञ्जु सामसन र सूर्यकुमार यादवले २९/२९ रन बनाए। हार्दिक पाण्ड्याले ३९ रन बनाए।

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

ब्याटिङमा आएको बंगलादेशको टोली १९.५ ओभरमा १२७ रन बनाएर अलआउट भएको थियो।

बंगलादेशका लागि हसन मिराजले सर्वाधिक ३५ रन बनाए। नजमुल हुसेन शान्तोले २७ रन बनाए।

भारतीय बलरमा अर्शदीप सिंह र वरुण चक्रवर्तीले तीन/तीन विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad