ग्लोबल


मुम्बईमा घरभित्र सुतिरहेका बेला आगलागी हुँदा एकै परिवारका ७ जनाको मृत्यु

मुम्बईमा घरभित्र सुतिरहेका बेला आगलागी हुँदा एकै परिवारका ७ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
असोज २०, २०८१ आइतबार २३:१७, नयाँ दिल्ली

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ। 

घटनामा अन्य केही घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो। मृतक सबै एकै परिवारका सदस्य थिए।

भुइँतलामा पसल र पहिलो तलामा आवासीय एकाइ रहेको दुईतले भवनमा आगलागी भएको हो।

सुतिरहेका बेला आगलागी हुँदा ७ जनाको मृत्यु भएको हो। रासस/सिन्ह्वा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad