ad ad

खेल


ग्रिसकी भलिबल स्टार नासिया नेपालमा

ग्रिसकी भलिबल स्टार नासिया नेपालमा

नेपालखबर
असोज १२, २०८१ शनिबार १९:२२, काठमाडौँ

अमेरिकी र टर्किस भलिबल खेलाडीपछि ग्रिसकी प्रतिभाशाली खेलाडी नासिया लिआग्कीलाई नेपाल आइपुगेकी छिन्। एभरेष्ट महिला भलिबल लिगका लागि शनिबार नेपाल आइपुगेकी उनलाई ‘कर्णाली यश्विज’ टिमले नेपाल भित्र्याएको छ।  


उनलाई स्वागत गर्न ‘कर्णाली यश्विज’ टिम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो। नेपाल प्रस्थान गरेपछि उनले आफूलाई भव्य स्वागत गरेकोमा ‘कर्णाली यश्विज’ टिमलाई धन्यवाद दिएकी दिइन्। नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफूलाई गर्वान्वित महशुस भएको बताएकी छिन्।

लिआग्की ग्रिसको घरेलु लिगमा परिचित अनुहार हुन। उनी ग्रिसको राष्ट्रिय भलिबल खेलाडी हुन। राष्ट्रिय तहको थुप्रै खेलहरु उनले खेलिसकेकी छिन। आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित लिआग्कीले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ग्रिसको प्रतिनिधित्व गरिसकेकी छिन। राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले अन्य थुप्रै अवार्डहरू पनि हात पारिसकेकी छिन्।

लिआग्कीलाई नेपाल स्वागत गर्नु अघि ‘कर्णाली यश्विज’ टिमले अमेरिकाकी  खेलाडी ग्याब्रीएल बेन्डा र टर्कीकी आउटसाइड हिटर खेलाडी जेनेप आउटर्यानलाई नेपालमा स्वागत गरेको थियो। टिममा यी तिनको प्रस्थानसंगै ‘कर्णाली यश्विज’ टिम थप बलियो भएको टिमका अध्यक्षको भनाई छ।

‘कर्णाली यश्विज’ टिम खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको हो। टिममा प्रशिक्षकको रुपमा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राई छन्। उनी ‘न्यु डाइमन्ड युथ स्पोट्स क्लब’ को प्रमुख अध्यक्ष समेत हुन्।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन गईरहेको ‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदैछ। लिगमा ६ टोलीको सहभागीतामा हुनेछ।  

कर्णालीको टिम: सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .