भुटानमा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाली युवा टोली पाकिस्तानसँग पराजित भएको छ।
भुटानको चाङलिमिथाङ रंगशालामा शनिबार भएको खेलमा नेपाली युवा टोली पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो।
खेलको पहिलो हाफमा पाकिस्तानलाई गोलरहित बराबरीमा रोकेको युवा टोलीले दोस्रो हाफमा भने गोल खान पुग्यो।
खेलको ८२ औँ मिनेटमा मोहम्मद थलहको गोलमा पाकिस्तानले सुरुवाती अग्रता बनाएको थियो।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मोहम्मदले अब्दुल समादको कर्नर प्रहारलाई हेडमार्फत पोस्टको जाली चुमाएका थिए।
नेपाली युवा टोलीले समूह चरणको दोस्रो खेलमा सोमबार श्रीलंकाविरुद्ध खेल्नेछ। समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली भुटानसँग खेल्नेछ।
च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ। समूह बी मा भारत, मालदिभ्स र बंगलादेश छन्।
समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल असोज १२ गते तथा फाइनल खेल १४ गते हुनेछ।
Shares
प्रतिक्रिया