ad ad

खेल


ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल प्रि-क्वार्टरफाइनलमा

ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल प्रि-क्वार्टरफाइनलमा

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १२:३५,

नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। बर्लिनमा शुक्रबार भएको खेलमा लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको अन्तिम १६ मा पुगेका हुन्। 

पुरुष यु–१९ एकलको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएक हुन्। पहिलो सेट ११–२१ ले गुमाएको खेलमा प्रिन्सले दोस्रो र तेस्रो सेट २१–१७ र २१–५ ले आफ्नो पक्षमा पारेका हुन्। प्रिन्सले त्यसअघि अष्ट्रियाका लेनी सुदर्मालाई र घरेलु टोली जर्मनीका बेन्नेट पिटर्सलाई समान २–० को सेटमा पराजित गरेका थिए।

प्रिन्स गत मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा स्थान बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .