ad ad

समाज


कोरोनाभाइरसले लियो हालै सांसद बनेकी इरानी महिला राजनीतिज्ञको ज्यान

कोरोनाभाइरसले लियो हालै सांसद बनेकी इरानी महिला राजनीतिज्ञको ज्यान

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १२:३९,

शुक्रबार ५६ वर्षकी सांसद फतेमा रहबरको मृत्यु भएको इरानको तास्निम समाचार संस्थाले बताएको छ।

राजधानी तेहरानको बासिन्दा उनी हालै उनी सांसद बनेकी थिइन्। कोरोनाभाइरसको संक्रमणपछि स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि उनको निधन भएको बताइएको छ।

कोरोनाका कारण मृत्यु भएकी फतेमा पहिलो महिला राजनीतिज्ञ भएको जनाइएको छ। यसअघि इरानकै एक पुरुष सांसदको पनि मृत्यु भएको थियो।

हालसम्म इरानमा १ सय २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यतिबेला त्यहाँ ४ हजार ७४७ जना कोरोनाबाट बिरामी परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .