ad ad

खेल


पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गरिनेछ : प्रधानमन्त्री

पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गरिनेछ : प्रधानमन्त्री

पलेशाका साथमा प्रधानमन्त्री


नेपालखबर
भदौ १९, २०८१ बुधबार २०:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले ओलम्पिक खेलकुदमा नेपाललाई पहिलोपटक पदक दिलाउने पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कासहित सम्मान गरिने बताएका छन्। 

पलेशाले पेरिस पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी हुन्। जुन नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो।

‘पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ। पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनुभयो। नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई’, बुधबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले उहाँलाई दिन लागेको रु ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिनेछ।’

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख,  रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ। 

सोही व्यवस्थाबमोजिम सरकारले पलेशालाई पुरस्कार दिन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .