ad ad

खेल


पारालिम्पिक्समा कास्य पदक विजेता पलेसालाई महानगरको नगदसहित सम्मान

पारालिम्पिक्समा कास्य पदक विजेता पलेसालाई महानगरको नगदसहित सम्मान

नेपालखबर
भदौ १९, २०८१ बुधबार १५:१३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक्समा कास्य पदक विजेता पलेसा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ। 

बुधबार स्वदेश फर्किएकी पलेसा र उनका प्रशिक्षक कविराज नेगी लामालाई महानगरले आजै नगदसहित सम्मान गरेको हो। महानगरले पलेसालाई ५ लाख र प्रशिक्षक लामालाई ३ लाख रुपैयाँ सम्मान स्वरुप दिएको छ। 

महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए। 

स्वदेश फर्किएको तेक्वान्दो टोलीलाई एयरपोर्ट, गौशाला,पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणसम्म नगर परिक्रमा गरेको थियो। 

पलेसाले पेरिस पारालिम्पिक्स के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .