इङल्यान्डका कप्तान ह्यारी केनले जर्मनीको शीर्ष लिग बुन्डेस लिगाको नयाँ सिजनमा पहिलो गोल गर्दा थोमस मुलरले बायर्न म्युनिखका लागि सबै समयको गोलकर्ताको कीर्तिमान कायम गरेका छन्।
आइतबार राति भएको खेलमा बायर्नले फ्राइबर्गलाई २–० गोल अन्तरले पराजित गर्दा थोमसले कीर्तिमान आफ्नो नाममा गरेका हुन्।
गत सिजन जर्मनीको शीर्ष लिगमा ३६ गोल गरेका केनले खेलको ३८ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।
खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान आएका ३४ वर्षिय थोमस मुलरले ७ सय १० खेल खेले। योसँगै उनले सबै लिगहरुमा जर्मन गोलकिपर सेप मायरको ७ सय ९ खेलको कीर्तिमान पार गरे।
मुलरले खेलको ७८ औँ मिनेटमा आफ्नो १ सय ५० औँ बुन्डेस लिगा गोल गोल गरे।
सन् २००९-१० मा सुरु भएको लिगको १६ सिजनमध्य हरेकमा युरोपको शीर्ष ५ लिगमा गोल गर्ने उनी एक्ला खेलाडी हुन्।
Shares

प्रतिक्रिया