फ्रेन्च लिग १ को नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित दर्ता गर्दै अपराजित यात्रालाई कायम राखेको छ।
गएराति भएको खेलमा पीएसजीले लिलिलाई ३–१ गोल अन्तरले हरायो।
खेलको ३३ औँ मिनेटमा भिटिन्हाको पेनाल्टीमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो। पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेलाई डिबक्स भित्र लडाएपछि टोलीले पेनाल्टी अवसर पाएको थियो।
त्यसको तीन मिनेटपछि नै अर्थात खेलको ३६ औँ मिनेटमा ब्राडली बारकोलाको गोलमा पीएसजीले अग्रता दोब्बर पार्याे।
पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा गोल खान पुग्यो। खेलको ७८ औँ मिनेटमा इडोन झेग्रोभाको गोलमा लिलले खेलमा फर्कने संकेत गरेको थियो।
खेलमा टियागो सान्तोसको गोल रेफ्रिले अफसाइड दिएपछि लिलको पुनरागनको आशा समाप्त भयो। तर इन्ज्युरी समयको दोस्रो मिनेटमा रान्डल कोलोमुआनीको गोलमा पिएसजीले जित आफ्नो पक्षमा पार्यो।
लगातार तेस्रो जितसँगै पिएसजी अंक तालिकाको तेस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया