खेल


इंग्ल्यान्ड  फुटबल टिमका पूर्वप्रबन्धक स्वेन गोरान एरिक्सनको निधन

इंग्ल्यान्ड  फुटबल टिमका पूर्वप्रबन्धक स्वेन गोरान एरिक्सनको निधन

नेपालखबर
भदौ १०, २०८१ सोमबार १९:३५, काठमाडौँ

इंग्ल्यान्ड फुटबल टिमका पूर्वप्रबन्धक स्वेन गोरान एरिक्सनको ७६ वर्षको उमेरमा निधन भएको छ।

एरिक्सनको परिवारले सोमबार भनेको छ- लामो रोगपछि स्वेन-गोरान एरिक्सनको मृत्यु भएको छ।

उनी इंग्ल्यान्ड फुटबल टोलीको पहिलो गैरब्रिटिस प्रबन्धक थिए।

जनवरीमा क्यान्सर पत्ता लागेपछि एरिक्सनले भनेका थिए- मसँग अब बाँच्नका लागि सबैभन्दा राम्रो एक वर्ष मात्र बाँकी छ।

उनले यसै महिनाको सुरुमा रिलिज भएको आफ्नो डकुमेन्ट्री फिल्म ‘स्वेन’को अन्त्यमा एउटा मन छुने सन्देश भनेका थिए।

स्वेन-गोरान एरिक्सनले भने, मलाई आसा छ- तपाईंले मलाई एक सकारात्मक व्यक्तिको रूपमा सम्झनुहुनेछ जसले आफूले गर्न सक्ने सबै गर्न प्रयास गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad