ad ad

खेल


भलिबल कभर्डहल निर्माण उपसमिति गठन

भलिबल कभर्डहल निर्माण उपसमिति गठन

फाइल फोटो


नेपालखबर
भदौ ९, २०८१ आइतबार २१:४, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ती र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो।

परिषद्का सदस्य सचिव स्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नु पर्ने छ। यस्तै जग्गा एकिन भएपछि २०८१ असोज महिनाभित्र डीपीआरका लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिईएको छ।

उपसमितिले कार्यदेश अनुसारको काम सम्पन्न गरि ३० दिन भित्र परिषद्‍मा प्रतिवेदन पेश गर्नु पर्ने उल्लेख गरिएको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकोले सुविधा सम्पन्न कभर्डहल निर्माण आवश्यक भएको परिषद्ले जानकारी दिएको छ।

राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउँदै आकर्षण बढाउने उदेश्यले सुविधा सम्पन्न हल निर्माणका लागि पहल थालिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .