ad ad

खेल


मधेस युनाइटेडले सार्वजनिक गर्‍यो दोस्रो विदेशी खेलाडी

मधेस युनाइटेडले सार्वजनिक गर्‍यो दोस्रो विदेशी खेलाडी

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार ११:२१, काठमाडौँ

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीका रुपमा सार्वजनिक गरेको छ। 

मधेसले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई सार्वजनिक गरेको हो।

ट्युनिसियाको राष्ट्रिय टोलीकी सदस्यसमेत समेत रहेकी २३ वर्षीया योस्रासँग रसियन लिगको समेत अनुभव छ। उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन्। उनको उचाई १८४ सेन्टिमिटर छ। 

मधेसले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनियालाई पहिलो विदेशी खेलाडीको रुपमा सार्वजनिक गरेको थियो। लिगका लागि लगातार दुई विदेशी खेलाडी सार्वजनिक गर्ने मधेस पहिलो टोली हो। 

ट्युनिसियाकी मिडल ब्लकर योस्राले मधेस युनाईेटेडबाट खेल्नेछिन्। मधेस यूनाइटेडले भनेको छ, ‘उनलाई मधेस युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ। योस्राको आगमनले मधेस युनाइटेडको ब्लकिङ पोजिसन अझ शसक्त हुने विश्वास छ।’

पहिलापटक आयोजना हुन लागेको महिला भलिलबको फ्रेन्चाइज लिगका लागि हामी निकै उत्साहित छौँ र विदेशी खेलाडीको नाम घोषणाले हाम्रो टिम भलिबल समर्थक र लिगलाई झन् उत्साहित बनाएको छ। 

योस्राले मधेस यूनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन्। ‘पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा म मधेस युनाईटेडबाट खेल्दैछु। लिगमा लागि म उत्साहित छु। नेपालको नाम धेरै सुनेको छु। म यो सुन्दर देशमा गएर खेल्न उत्सहित छु,’ उनले भनेकी छन्। 

मधेस युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेस टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने  बताइन्।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेस युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ। 

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .