खेल


सेमिफाइनल सम्भावना कायम राख्न माल्दिभ्सलाई जित्नैपर्ने दबाबमा भुटान

सेमिफाइनल सम्भावना कायम राख्न माल्दिभ्सलाई जित्नैपर्ने दबाबमा भुटान

नेपालखबर
भदौ ५, २०८१ बुधबार ८:४३, काठमाडौँ

साफ यू–२० च्याम्पियनसिपअन्तर्गत समूह बीको खेलमा आज (बुधबार) भुटान र माल्दिभ्स भिड्दै छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

च्याम्पियनसिपमा माल्दिभ्सले पहिलो खेल खेल्न लागेको हो। माल्दिभ्स भुटानलाई हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ।

पहिलो खेलमा भारतसँग १–० गोलअन्तरले पराजित भुटान पनि माल्दिभ्सलाई जित्दै अन्तिम चारको यात्रा जीवित राख्न चाहन्छ।

माल्दिभ्ससँग हारे भुटान समूह चरणबाटै बाहिरिनेछ। त्यसैले सेमिफाइनल सम्भावना कायम राख्न भुटान जित्नै पर्ने दबाबमा छ।

आज भुटानले माल्दिभ्सलाई हराए र समूह चरणको अर्को खेलमा पनि माल्दिभ्स भारतसँग हारे भुटान सेमिफाइनल पुग्नेछ।

त्यसैले आजको खेलमा भुटानले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ। 

यसअघि समूह बाट नेपाल र बंगलादेश सेमिफाइनल पुगिसकेका छन्।

श्रीलंका भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको छ।

श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलअन्तरले र दोस्रो खेलमा बंगलादेशसँग २–० गोलअन्तरले हारेको थियो। 

समूह चरणमा भोलि बिहीबार नेपाल र बंगलादेशबीच हुने खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad