राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बैठक केही बेरअघि सुरु भएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदन, समसामयिक राजनीति र पार्टी गतिविधि, राष्ट्रिय भेला, कार्ययोजना, संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने छ ।
39
Shares

प्रतिक्रिया