नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक गरेको छ।
क्यानले सोमबार सेलिब्रेसन अफ क्रिकेट कार्यक्रमको आयोजना गर्दै एनपीएलको लोगो र मिति सार्वजनिक गरेको हो।
एनपीएलको लोगो युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनावरण गरेका हुन्।

एनपीएलले घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने विश्वास क्यानका सचिव पारस खड्काले व्यक्त गरे छन्। उनले एनपीएलमा सहभागिताका लागि चासो देखाउने सबैलाई धन्यवाद दिदै यसले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने बताए।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोली हाल भारतीय क्रिकेट बोर्डको सहयोगमा प्रशिक्षणमा रहेको बताउदै नेपाली क्रिकेट विकासका लागि भारतीय विदेश मन्त्री एसजयशंकर र भारतीय दुतावासले निर्वाह गरेको भूमिकाका लागि पनि धन्यवाद दिए।
क्यानले दुई वर्षअघि भारतिय कम्पनीलाई नेपाल टी–२० लिग आयोजना गर्ने जिम्मा दिएको थियो। तर नेपाल टी–२० लिग विवादित बनेपछि क्यान आफैलै एनपीएल आयोजना गर्न लागेको हो।
Shares

प्रतिक्रिया