ad ad

खेल


पेरिस ओलम्पिकः पुरुष भएको आरोप लागेकी बक्सर इमान खलिफले जितिन् स्वर्ण पदक

पेरिस ओलम्पिकः पुरुष भएको आरोप लागेकी बक्सर इमान खलिफले जितिन् स्वर्ण पदक

स्वर्ण पदक जितेपछि बक्सर इमान खलिफ


नेपालखबर
साउन २६, २०८१ शनिबार ८:७, काठमाडौँ

पेरिस ओलम्पिकमा अल्जेरियन बक्सर इमान खलिफले स्वर्ण पदक जितेकी छन्।

एक वर्षअघि उनी लैङ्गिक योग्यता परीक्षामा असफल भएपछि विश्व बक्सिङ च्याम्पियनसिपबाट अयोग्य घोषित भएकी थिइन्।

पेरिस ओलम्पिकको ६६ केजी तौल समूहको महिला बक्सिङ प्रतियोगितामा इमान खलिफले स्वर्ण पदक जितेकी हुन्।

खलिफले चिनियाँ बक्सर याङ्ग्या लिउलाई हराउँदै स्वर्ण पदक हात पारेकी हुन्।

‘यो मेरो सपना थियो र म धेरै खुसी छु’, इमान खलिफले बीबीसीसँग भनेकी छन्, ‘यो मेरो आठ वर्षको कडा परिश्रम हो, म अल्जेरियाका जनतालाई धन्यवाद दिन्छु।’ 

पेरिस ओलम्पिकमा पनि इमान खलिफ विवादमा परेकी थिइन्। 

इटालियन बक्सर एन्जेला कारिनीसँग भिडन्त भइरहेका बेला उनलाई पुरुष भएको आरोप लगाइएको थियो। 

खलिफ र करिनीबीचको खेल ४६ सेकेन्डमै सकिएको थियो। करिनीले भनेकी थिइन्, ‘मैले ज्यान जोगाउनुपर्‍यो।’

यसपछि सामाजिक सञ्जालमा बहस सुरु भयो, त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले इमान खलिफले नियमअनुसार नै खेलिरहेको भन्दै विज्ञप्ति जारी गर्नुपरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .