खेल


काभा यू–१९ भलिबलमा भाग लिन नेपाली टोली माल्दिभ्स प्रस्थान

काभा यू–१९ भलिबलमा भाग लिन नेपाली टोली माल्दिभ्स प्रस्थान

नेपालखबर
साउन १, २०८१ मंगलबार १४:४७, काठमाडौँ

माल्दिभ्सको मालेमा हुने काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली युवा टोली आज मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।

नेपालले आगामी बिहीबार श्रीलंकाविरुद्ध खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दैछ। सो खेल राति सवा ९ बजे सुरु हुनेछ। 

राउण्ड रोविनको दोस्रो खेलमा शुक्रबार किर्गिस्तानविरुद्ध र अन्तिम खेलमा शनिबार मालदिभ्सविरुद्ध खेल्नेछ। किर्गिस्तानविरुद्धको खेल राति सवा ८ बजे र मालदिभ्सविरुद्धको खेल साँझ ४ बजे सुरु हुनेछ।

नेपाली युवा टोली स्वर्ण पदक जित्ने लक्ष्यमा मालदिभ्स प्रस्थान गरेको हो। टोलीलाई नेपाल भलिबल संघले सोमबार एक् कार्यक्रम गर्दै बिदाइ गरेको थियो। 

च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, किर्गिस्तान र श्रीलंका छन्। 

राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो स्थानमा रहने टोली र दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। यसको विजेताले फाइनल खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad