ad ad

खेल


जर्जियाविरुद्ध पुनरागमन जितसँगै स्पेन युरो कपको क्वार्टरफाइनलमा

जर्जियाविरुद्ध पुनरागमन जितसँगै स्पेन युरो कपको क्वार्टरफाइनलमा

नेपालखबर
असार १७, २०८१ सोमबार ६:३, काठमाडौँ

जर्जियाविरुद्ध पुनरागमन जित हासिल गर्दै स्पेन युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

आइतबार राति भएको खेलमा जर्जियालाई ४–१ को फराकिलो अन्तरले हराउँदै स्पेन अन्तिम ८ मा प्रवेश गरेको हो।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक/एक गोल गरे। 

जर्जियाका लागि रोविनले नोर्मान्डले उपहार गोल दिए। 

खेलको १८औँ मिनेटमा रोविनले नोर्मान्डको उपहार गोलमा जर्जियाले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ३९औँ मिनेटमा निको विलियम्स्को पासमा रोड्रीले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए।

खेलको ५१औँ मिनेटमा लामिन यामालको पासमा रुइजले हेडर गोल गर्दै स्पनेलाई अग्रता दिलाए।

खेलको ७५औँ मिनेटमा विलियम्सको गोलमा स्पेनले अग्रता फराकिलो पार्‍यो। ८३औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनको जित पक्का गराए। 

स्पेनले अब क्वार्टरफाइनलमा जर्मनीसँग खेल्नेछ। जर्जिया भने हारसँगै अन्तिम १६ बाटै बाहिरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .