ad ad

खेल


स्लोभाकियाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

स्लोभाकियाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा

नेपालखबर
असार १७, २०८१ सोमबार ६:२३, काठमाडौँ

अतिरिक्त समयमा कप्तान ह्यारी केनले निर्णायक गोल गरेपछि इङ्ग्ल्यान्ड युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

आइतबार राति अन्तिम १६ को खेलमा स्लोभाकियाविरुद्ध २–१ को संर्घषपूर्ण जित हासिल गर्दै इङ्ग्ल्यान्ड अन्तिम ८ मा पुगेको हो। 

स्लोभाकियाविरुद्ध पुनरागमन जित दर्ताका क्रममा जुडे वेलिङ्घम र केनले एक/एक गोल गरे।

खेलको २५औँ मिनेटमा इभान स्क्रान्जको गोलमा स्लोभाकियाले सुरुवाती अग्रता बनाएको थियो।

पहिलो हाफमै १–० ले पछि परेको इङ्ग्ल्यान्डले दुवै गोल ९० मिनेटपछि फर्काएको हो। 

इन्ज्युरी समयको पाचौँ मिनेटमा जुड बेलिङ्घमले गोल फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्‍याएका थिए।

अतिरिक्त समयको पहिलो मिनेटमै ह्यारी केनले गोल गरी इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए। सोही गोल टोलीका लागि अघिल्लो चरण पुग्न पर्याप्त भएको हो।

इङ्ग्ल्यान्ड अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँग भिड्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .