ad ad

खेल


चिलीसँग बराबरीका बाबजुद क्यानडा क्वार्टरफाइनलमा

चिलीसँग बराबरीका बाबजुद क्यानडा क्वार्टरफाइनलमा

नेपालखबर
असार १६, २०८१ आइतबार ९:४४, काठमाडौँ

लियोनल मेस्सी बेन्चमा रहेको खेलमा अर्जेन्टिना समूह विजेता बन्दै कोपा अमेरिका २०२४ को क्वार्टरफाइनलमा पुगेको छ।

यसअघि नै सेमिफाइनलमा पुगिसकेको अर्जेन्टिनाले समूह को अन्तिम खेलमा पेरुलाई २–० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ। 

अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। 

अघिल्लो खेलमा चोक बोकेका मेस्सी मांसपेशीको समस्याका कारण पूरै समय बेन्चमा रहे।

खेलको ४७औँ मिनेटमा लौटारोको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनायो। ८६औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे।

आजै भएको समूह चरणको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे। बराबरीका बाबजुद क्यानडा पनि क्वार्टरफाइनलमा पुगेको छ। चिली र पेरु भने समूह चरणबाट नै बाहिरिए।

समूह मा अर्जेन्टिनाको ३ खेलबाट ९ अंक बनायो। समान खेलबाट क्यानडाले ४ अंक जोडेको छ। 

चिलीले २ तथा पेरुले १ अंक जोडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .