ad ad

खेल


टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास घोषणापछि रोहित शर्माले के भने?

टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास घोषणापछि रोहित शर्माले के भने?

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा


नेपालखबर
असार १६, २०८१ आइतबार ९:२६, काठमाडौँ

विश्वकप जितेर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले समयको एउटा चक्र पूरा भएको बताएका छन्।

आफ्नो सन्न्यास र भारतीय टोलीको जितबारे समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले भने, ‘कसैले मलाई भर्खरै भने कि जब मैले २००७ मा भारतबाट खेल्न थालेँ, देशले विश्वकप जितेको थियो। अब म विश्वकप जितेर टी–२० अन्तर्राष्ट्रिय फर्म्याट छाड्दै छु।’

उनले थपे, ‘जब म सन् २००७ मा पहिलोपटक भारतबाट खेलेको थिएँ, म आयरल्यान्ड गएको थिएँ। त्यहाँ हामीले ५० ओभरको खेल खेल्यौँ। त्यसको लगत्तै हामी टी–२० विश्वकप खेल्न दक्षिण अफ्रिका गयौँ। हामीले त्यो पटक पनि जित्यौँ र यसपटक पनि जित्यौँ। यसरी समयको एउटा चक्र पूरा भयो।’

शनिबार बार्बाडोसमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराएपछि रोहित शर्मालाई विश्वभरका दिग्गज खेलाडी र क्रिकेट फ्यानबाट बधाई तथा शुभकामना आइरहेका छन्। 

टी–२० विश्वकप जितेर भारत १७ वर्षपछि फेरि च्याम्पियन बनेको हो। 

यस अवधिमा भारतले तीनवटा विश्वकप जितेको छ- दुई टी–२० र एक ओडीआई कप।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .