ad ad

खेल


टी–२० विश्वकप फाइनलः पावर प्ले मा दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ

टी–२० विश्वकप फाइनलः पावर प्ले मा दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ

नेपालखबर
असार १५, २०८१ शनिबार २०:४६, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले पावर प्ले मा नै ३ विकेट गुमाएको छ। 

वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले ६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ४५ रन बनाएर खेलिरहेको छ। 

ओपनर विराट कोहली २४ र अक्षर पटेल ८ रनमा अविजित छन्। 

कप्तान रोहित शर्मा ९ रनमा क्याच आउट भए। रिसभ पन्त शुन्य रनमा नै आउट भए। सूर्यकुमार यादव ३ रनमा नै क्याच आउट भए। 

दक्षिण अफ्रिकाका लागि केशव महाजनले २ विकेट लिए। कागिसो रवाडाले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .