ad ad

ग्लोबल


गंगामा यसरी बगे गाडीहरू

गंगामा यसरी बगे गाडीहरू

नेपालखबर
असार १५, २०८१ शनिबार २१:१२, काठमाडौँ

भारतस्थित पहाडमा भएको वर्षाका बीच शनिबार हरिद्वारमा कैयौँ सवारीसाधन अचानक बगेर हरकी पौरी पुगेका छन्।

बीबीसी हिन्दीका अनुसार गंगामा बगेका यी सवारीसाधन हेर्न मानिसहरू जम्मा भएका थिए। प्रत्यक्षदर्शीले पनि आफ्नो मोबाइल निकालेर भिडिओ बनाए।

त्यहाँ उपस्थित स्थानीय बासिन्दा र टाढाटाढाबाट आउने भक्तजनका लागि यो विषय जिज्ञासाको विषय बनेको छ।

पछाडिबाट बढी पानी आएका कारण सवारीसाधन नदीमा बगेको अनुमान गरिएको छ।

हरिद्वारका एसडीएम अजयवीर सिंहले भने, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार यहाँ श्मशान गृहको पछाडि सुक्खा खोला छ, अचानक पानी आएपछि गाडीहरू पनि बगेका थिए त्यहाँ एउटा बस पनि फसेको थियो, तर अहिले बाहिर निकालिएको छ।’

‘तीनवटा गाडी अझै पानीमा फसेका छन्। अहिले प्राप्त जानकारी अनुसार दुईवटा सवारीसाधन बगेर दमकोटीको पछाडिपट्टि पुगेका छन्।’

अजयवीर सिंहले भने, ‘फसेका सवारीसाधन उद्धारका लागि हाइड्रा मेसिन मगाउँदासम्म् गाडीहरू खोलाको मुनि जमिनमा पुगिसकेका थिए, गाडीहरू मुनि छन् कि अझै अगाडि बगे, भन्न सकिने अवस्था छैन। अहिले पानी धेरै धमिलो छ।’

एसडीएमका अनुसार, शनिबार हरिद्वारमा पानी परेको थियो र सुक्खा खोलाको अलि पछाडि पहाडमा पनि वर्षा भएको थियो। जसका कारण पानीको सतह बढेको छ र यहाँ पानी आएको छ।’

‘राम्रो कुरा हो के हो भने कसैको पनि ज्यान गएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .