ad ad

खेल


इजरायलमा युद्धको तनाव बढ्दा लेबनन जान रोकिए नेपाली महिला फुटबलर

इजरायलमा युद्धको तनाव बढ्दा लेबनन जान रोकिए नेपाली महिला फुटबलर

फाइल तस्बिर


नेपालखबर
असार १५, २०८१ शनिबार १२:५६, काठमाडौँ

लामो समयदेखि हमास विद्रोहीसँग युद्ध लडिरहेको इजरायलको छिमेकी देश लेबननमा हुन लागेको चार देश सम्मिलित  ‘सेडास वुमन इन्टरनेशनल टुर्नामेन्ट’मा नेपाल सहभागी नहुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक देश लेबननमा विकसित भएको घटनाक्रमबाट खेलाडीहरूको सुरक्षामा प्रश्न उठेको भन्दै नेपाली महिला फुटबल टोलीलाई त्यहाँ नपठाउने निर्णय गरेको जनाएको छ।

‘लेबननमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघले लेबननमा जुलाई ८ देखि १६ सम्म हुने ‘से डास वुमन इन्टरनेशनल टुर्नामेन्ट’प्रतियोगितामा भाग नलिने निर्णय लिएको छ,’ एन्फाले भनेको छ।

प्रतियोगितामा आयोजन बेलनन, जोर्डन, बंगलादेश र नेपाल सहभागी हुँदै थिए। बंगलादेशले यसअघि नै सुरक्षाको कारण देखाउँदै प्रतियोगितामा भाग नलिने निर्णय गरिसेको थियो।

एन्फाले उक्त प्रतियोगिताका लागि लामो तयारी गर्दै खेल्न जाने टोली समेत घोषणा गरिसकेको थियो। तर, इजरायलमा जारी युद्ध चर्किदै गएपछि त्यसको असर छिमेकी देश लेबननमा पनि पर्ने भन्दै नेपाल र बंगलादेश उक्त प्रतियोगिताबाट पछि हटेका हुन्।

एन्फाले महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने समेत आश्वासन दिएको छ। ‘नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एन्फा तत्पर रहेको र निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइनेछ,’ एन्फाले भनेको छ।

नेपालले आउँदो कात्तिकमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्नेछ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .