ad ad

खेल


पोर्चुगललाई हराएपछि जर्जियाको टोलीले पाउने भयो ८.४ मिलियन युरो

पोर्चुगललाई हराएपछि जर्जियाको टोलीले पाउने भयो ८.४ मिलियन युरो

नेपालखबर
असार १३, २०८१ बिहिबार २१:१, काठमाडौँ

जर्जियाका पूर्वप्रधानमन्त्री बिडजिना इभानिस्भिलीले युरो कप २०२४ मा पोर्चुगललाई पराजित गरेको राष्ट्रिय फुटबल टोलीलाई ८.४ मिलियन पाउन्ड युरो दिने वाचा गरेका छन्।  

पहिलो पटक युरो कपमा छनोट भएको जर्जियाले समुह एफ को अन्तिम खेलमा पोर्चुगललाई २–० गोल अन्तरले हराउँदै नकआउट चरणमा पुगेको थियो।

युरो कप जर्जियाले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता हो। नक आउट चरणमा जर्जियाले आइतबार स्पेनको सामना गर्नेछ।

सन् २०१२ मा जर्जियाको प्रधानमन्त्री बनेका उनले सत्तारुढ जर्जियन ड्रिम राजनीतिक पार्टी स्थापना गरेका थिए।  

पोर्चुगलविरद्धको जित ऐतिहासिक र सपनाको जित भएको बताएका छन्। ६८ वर्षीय उनले अन्तिम १६ मा जर्जियाले स्पेनलाई हराएमा टोली र कोचिङ स्टाफलाई थप ८.४ मिलियन पाउन्ड (३० मिलियन जर्जियान लारी) दिने बताएका छन्।  

फोर्ब्सले उनको सम्पत्ति करिब ३.८७ बिलियन पाउन्ड रहेको बताएको छ। जर्जियाली ड्रिम पार्टीले यो चन्दा इचानिस्भिलीको परोपकारी फाउन्डेसनबाट आउने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .